चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा दुर्लभ एकसिंगे गैँडासहित २०४ वन्यजन्तु मरेका छन् । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा २९ प्रजातिका २०४ वन्यजन्तु विभिन्न कारणले मरेका हुन् । तीमध्ये प्राकृतिक कारणले मात्रै १०४ वन्यजन्तु मरेका छन् । कुकुरको आक्रमणबाट ५९, तार जालीमा परेर १६, सडक दुर्घटनाबाट ११, चोरी सिकारीबाट दुई र मानवीय लापरबाहीबाट एक वन्यजन्तुको मृत्यु भएको हो । १२ वन्यजन्तु मर्नुको कारण नखुलेको निकुञ्जले बताएको छ । सबैभन्दा धेरै चित्तल मरेका छन् । निकुञ्जका अनुसार ८