निषेधाज्ञा तोडेर भूत मेला हेर्न हजारौंको भीड

सदा झैं यस वर्षको कात्तिक शुक्ल पूर्णिमाको दिन सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीको किनारमा अनौठो तथा भव्य तन्त्र मेला लागेको छ । कात्तिक शुक्ल पुुर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथ प्रत्येक वर्ष जस्तै पूर्णिमाको तिथिमा आजको दिनमा तन्त्र मेला लागेको हो । यो मेलालाई स्थानीय स्तरमा भुत मेला भनेर पनि चिनिने गरिन्छ । मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सिमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर लगायत जिल्लाका लाखांै मानिस सिरहा र धनुषाको सीमामा रहेको कमला नदीमा स्नान गर्ने गर्दछन् ।