न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताएका छन् । नेपाली काँग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीले राहत र पुनर्निर्माणका लागि विशेष चासो दिएको बताए । “पुनर्निर्माणभन्दा पनि तत्काल राहत पाउनुपर्ने वर्ग किसान हो,” मन्त्री बडूले भने, “योजनाबद्ध ढङ्गले राहत र पुनर्स्थापना सरकार लाग्छ ।”बाढी र पहिरोबाट भएको क्षतिका कारण पुनर