नेपालगञ्ज–गुलरिया सडक जलमग्न !

बाँके – बाँकेको खजुरामा रहेकाे पेडारी नालामा पानीको सतह बढेपछि नेपालगञ्ज–गुलरिया सडक खण्ड जलमग्न भएको छ । पेडारी नाला सडक माथिबाट बग्न थालेपछि सडक खण्ड अवरुद्ध भएको छ ।नालामाथिकाे पुल जिर्णसँगै होचो रहेको छ । खजुरामा सडक चार लेनका भए पनि पेडारी नालमा पुल भने सानो रहेको छ । वर्षाैँदेखि अग्लो र बलियो पुल निर्माणका लागि खजुरावासीले माग गरे पनि सुनुवाइ नभएको स्थानीय सतिश निरौलाले बताउनुभयो ।बाँकेमा आज बिहान ठूलाे पानी परेकाे थियाे । खजुरामा सबैभन्दा धेरै पानी परेकाे छ ।&n...