यहाँ ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१, बाट कांग्रेसका संजयकुमार गौतम र क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका नेता सन्तकुमार थारु निर्वाचित भए । गौतमले तात्कालीन एमाले वरिष्ठ नेता वामदेव गौतमलाई पराजित गरेपछि मुलुकभरि चर्चा भयो । त्यसबेला माओवादी र एमालेबीच गठबन्धन थियो ।