सिटिजन्स बैंकले डिजिटल बैंकिङको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै आफ्नै नयाँ सिटिजन्स सपोर्ट सेन्टर (कल सेन्टर) सेवा सञ्चालनमा ल्याएको छ ।
अब यस बैंकका ग्राहकहरूले ग्राहक सेवा प्रतिनिधिहरूसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरूको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकहरूले ०१–५९७००६८ मा फोन गरेर तथा support@ctznbank.com मा इमेल गरी कल सेन्टरको सुविधा प्राप्त गर्न गर्नेछन् ।
कल सेन्टरको प्रयोगले ग्राहकहरूलाई सहज ढंगले बैंकिङ सेवा र सूचना प्राप्त गर्न सहयोग...