विकट क्षेत्रका महिलालाई सुत्केरी गराउन हवाई लिफटिङ सेवालाई प्रभावकारी बनाइने भएको छ । विकट गाउँमा सुत्केरी हुने समस्या भएका महिलालाई दिइँदै आएको हवाई लिफ्टिङ सेवालाई थप प्रभावकारी बनाउन थालिएको हो ।मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले हवाई लिफ्टिङ सेवालाई सरकारले प्राथमिकता दिने बताइन् । त्यस्तै, बालबालिकाको पोषणसम्बन्धी विषेश कार्यक्रम ल्याइने समेत राष्ट्रपति भण्डारीले बताइन् ।