सेयर बजारमा १६ अंकको सुधार, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशत घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १६ अंक बढेर २२ सय १७ अंकमा पुगेको छ । आज मंगलबार कारोबार सुरू भएदेखि परिसूचक घटबढ गरेपनि अन्तिम समयमा १६ अंकले बढेको हो । यसक्रममा १ अर्ब ८ करोड ८८ लाख ३३ हजार रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आज कारोबार भएका १३ समूहमध्ये दुई समूहमा गिरावट आएको छ । आज व्यापार र म्युचुअल फण्ड समूहमा गिरावट आएको हो ।यसबाहेक, अन्य ११ वटा समूहमा सुधार आएको छ । जसमध्ये जीवन बीमा कम्पनी समूहमा ७६ अंकको सुधार आएको छ भने उत्पादनमूलक समूहमा ६० अंक तथा विकास बैंक

सम्बन्धित सामग्री

नाफा बुक भएसँगै नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ३ करोड बराबरको शेयर खरीदविक्री

पुस २८, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३० दशमलव ५१ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ८०३ दशमलव ६२ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर ९० हजार ५९० पटकमा रू.८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ मा खरीदविक्री भएको छ । नेप्से परिसूचक घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा बढेको छ।   यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये चार ओटा धितोपत्रको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य रू. ६०५ दशमलव २०, निफ्राको रू.३७२ दशमलव ९०,नारायणी डेभलपमेन्ट बैंकको रू.६२७ दशमलव ९० र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य रू. ३४४ दशमलव ८० पुगेको हो ।  त्यसैगरी यो दिन हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ६ दशमलव २१ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४६७ मा झरेको हो । त्यसैगरी दोस्रोमा युनियन हाइड्रोपावरको ५ दशमलव ५३ प्रतिशत घटेर रू. ३७६ मा झरेको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री नेपाल बङ्गलादेश बैंकको भएको छ । कम्पनीको रू. २८ करोड ६९ लाख ९९ हजार बराबरको शेयर खरीदविक्री भएको हो । त्यसैगरी दोस्रोमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको रू. २७ करोड ६१ लाख ९९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये व्यापार समूहको शून्य दशमलव ६५ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव शून्य ९ प्रतिशत र लगानी समूहको परिसूचक ३ दशमलव १३ प्रतिशतका दरले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।  त्यसैगरी बैंकिङ समूहको परिसूचक १ दशमव २१ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव ३९ प्रतिशत,विकास बैंक समूहको २ दशमलव ३८ प्रतिशत,हाइड्रोपावर समूहको शून्य दशमलव २१ प्रतिशत,वित्त समूहको २ दशमलव २४ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशमलव शून्य ४ प्रतिशतले घटेको छ ।  यस्तै अन्य समूहको ३ दशमलव ४४ प्रतिशत,लघुवित्त समूहको १ दशमलव १२ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव १९ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव २९ प्रतिशतका दरले घटेको छ । केहि दिनदेखि बढेको बजारमा यो दिन लगानीकर्ता नाफा बुक गर्नेतर्फ लागेका कारण सामान्य करेक्सन भएको छ ।  पछिल्ला कारोबार दिनमा बजार बढेसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्य बढेको छ। शेयरमूल्य बढेको मौकामा अल्पकालीन लगानीकर्ताहरुले नाफा बुक गरेका कारण बजार करेक्सन भएको हो।

निफ्राको शेयरमा खरीद चाप सर्वाधिक, ४ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि

पुस २८, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को शेयर खरिद चाप बुधवार उच्च रहेको छ ।  कारोबारको सवा एक घण्टाको अवधिसम्ममा कम्पनीको २१६ ओटा अर्डरबाट ४ लाख ६६ हजार ४४३ कित्ता शेयर खरीद आदेश रहेको छ । उक्त अवधिसम्म निफ्राको शेयर विक्रीकर्ता भने देखिएका छैनन । उच्च खरीद चापका कारण कम्पनीको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३३ दशमलव ९० ले बढेर अन्तिम मूल्य रू. ३७२ दशमलव ९० कायम भएको छ ।   निफ्रासँगै ४ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि    बुधवार निफ्रासँगै चार ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । कारोबारको सवा एक घण्टाको अवधिमा निफ्रासँगै कर्पोरेट डेभलपमेन्ट बैंक, मध्य भोटेकाशी जलविद्युत् कमपनी र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य पनि सर्किट लेभलमा बढेको हो । उक्त अवधिसम्म कर्पोरेट डेभलपमेन्ट बैंकको  शेयरमूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता रू. ५५ ले बढेर अन्तिम मूल्य रू. ६०५ दशमलव २० पुगेको छ भने मध्य भोटेकोशीको ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३१ दशमलव ३० ले बढेर अन्तिम मूल्य रू. ३४४ दशमलव ८० पुगेको छ ।  त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयरमुल्य ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ५७ ले बढेर अन्तिम मूल्य रू. ६२७ दशमलव ९० पुगेको छ ।