काठमाण्डाै – कोरोना विरुद्धको खोप अभियानलाई प्रभावित हुन नदिन सिरिन्जको आपूर्ति थालिएको सरकारले जनाएको छ ।
केही जिल्लामा अहिले सिरिन्ज अभाव भएको खबर आउन थालेको छ । तर, अभाव भएका ठाउँमा पठाउन केन्द्रसँग नै सिरिन्ज छैन । सिरिन्जको अभावका कारण खोप अभियान प्रभावित नहोस् भन्नका लागि भारतबाट ५० लाख सिरिन्ज ल्याउने तयारी भइसकेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार केन्द्रीय भण्डार अहिले रित्तो छ । तर, आउँदो शनिबार भारतबाट ५० ला...