धनगढी : आज (शुक्रबार) नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक बसेको छ। बैठकमा ओली पक्ष भने अनुपस्थिति देखिएको छ। प्रदेशसभा संसदीय दलको कार्यालयमा जारी बैठकमा ओली पक्षका सांसदहरू उपस्थित छैनन्।बैठकले एमाले संसदीय दलको विधान पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सदस्य लालबहादुर खड्काले जानकारी दिए। सबैलाई खबर गरिए पनि ओली पक्षका सांसद कोही नआएका खड्काको जिकिर छ।५२ जना सांसद रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद छन्। तीमध्ये ओली पक्षमा ६ जना मात्रै छन्।