आइतबार बिहानबाट कपिलवस्तुबाट सम्पर्कविहीन भएकी भनिएकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य पुुर्मती ढेंगा आज पार्टीको सम्पर्कमा आएकी छन् । उनी उपेन्द्र यादव पक्षीय सांसद हुन् । जसपाले सांसद ढेंगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । अहिले भने उनी आफूहरुको सम्पर्कमा आएको प्रदेश अध्यक्ष अशोक यादवले रातोपाटीलाई बताए ।यसैगरी इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले सांसद सम्पर्कविहीन भएको सूचनापछि