राखेप सदस्य सचिवको जिम्मेवारी पाएका ढकालले गरे पदवहाली

२२ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवको जिम्मेवारी पाएका विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्यसचिव ढकालले पदवहाली गरेका हुन् । कात्तिक १६ गतेको युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयबाट उनलाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्यसचिवको रुपमा कामकाज गर्ने जिम्मेवारी दिइएको थियो । […]

सम्बन्धित सामग्री

श्रेष्ठलाई करातेको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठले करातेको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव स्तरीय निर्णयबाट श्रेष्ठलाई आइतबार सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । ललिपतुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत श्रेष्ठले अब तालिम तथा प्रशिक्षण विभागमा रहि जिम्मवारी पूरा गर्नुपर्नेछ […]

सहसचिव पोखरेललाई आर्थिक तथा प्रशासनिक अधिकार प्रत्यायोजन

सर्वोच्च अदालतले सदस्य सचिवको मुद्दा टुङ्गाउन नसक्दा लामो समयदेखि नेतृत्व विहीन हुन पुगेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख डा. कमल प्रसाद पोखरेललाई प्रत्यायोजन गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषद्को अध्यक्षको हैसियतमा पोखरेललाई आर्थिक तथा प्रशासनिकसहित सदस्य सचिवका सम्पूर्ण अधिकारको जिम्मेवारी दिएका हुन् । राखेप सदस्य सचिव सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा किनार नलाग