काठमाडौं।भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावर सुरक्षित रुपमा भत्काइएको छ।सुपरटेक बिल्डरले निर्माण गरेका यी टावर एपेक्स र केयन नामबाट चिनिएका थिए।टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ।भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको थियो।