शिक्षामन्त्री शताब्दी पुरुष जोशी निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ आज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निजी निवासमा पुग्नुभएको छ । शिक्षामन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीले आफूलाई इतिहासका धरोहर जोशीको स्वास्थ्य अवस्था, उहाँका चाहना, समस्या र आवश्यकताबारे बुझेर आफूलाई जानकारी गराउन निर्देशन गर्नुभएको भेटघाटका क्रममा बताउनुभयो ।          उहाँले भन्नुभयो, “जीवित इतिहास तपाईका नाममा सरकारले सत्यमोहन जोशी सामुदायिक विद्यालय खोल्ने निर्णय गरेको छ । मुलुकको जुनसुकै स्थानमा तपाई जहाँ विद्यालय खोलियोस् भन्ने चाहानु हुन्छ, हामी त्यहीँ स्थानमा विद्यालय खोल्ने भएका छौँ । घनावस्ती भएको स्थान जहाँ विद्यालयको अति आवश्यकता छ त्यहाँ विद्यालय खुल्नेछ ।” जोशीको नामका खोलिने सो विद्यालय दरबार हाइस्कुल जस्तो हुने श्रेष्ठले जानकारी गराउनुभयो । शिक्षामन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने पनि बताउनुभयो । जोशीको रेखदेख गर्न दुई कुरुवा सरकारले दिने घोषणा गरिसकेको उहाँको भनाइ थियो ।

सम्बन्धित सामग्री

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको शोकसभा

चालिस बढी साहित्यिक संस्थाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको शोकसभा आयोजना गरेको खबर छ।

अस्ताए वाङ्मय शताब्दी पुरुष

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले गत ३० वैशाखमा जन्मदिन मनाउँदै गर्दा आफ्नो अन्तिम इच्छा सुनाएका थिए– पाटन बखुम्बहालमा रहेको लोकसाहित्य भवनको तेस्रो तलाको भित्तामा चक्र संवरको भित्तेचित्र कोर्ने, आफैँले लेखेको...

शताब्दी पुरुष जोशीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ – शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आइतबार निधन भएका शताब्दी पुरुष जाेशीले संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने बताउँदै आफू दुःखी भएको ट्विटरमार्फत् बताएका हुन्। उनले लेखेका छन्,  ‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली […]

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आज (आइतबार) बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हाे । स्वास्थ्यमा समस्या देखिएपछि उहाँको यहि असोज ७ गतेदेखि अस्पतालमा भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उहाँलाई सघन […]

शताब्दी पुरुष जाेशीकाे निधन

काठमाडाैँ – शताब्दी पुरुष सत्यमोहन जोशीकाे निधन भएकाे छ । उनको उपचारको क्रममा १०३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्य अवस्थामा समस्या देखिएपछि बिहीबार पुनःआईसीयूमा सारिएका शताब्दी पुरूष सत्यमोहन जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएकाे उनको पारिपवारिक स्राेतलाई उद्धृत गर्दै लेखक गिरीश गिरीले जानकारी दिएका छन् । स्वास्थ्य अवस्थामा केही सुधार भएपछि […]

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षीय जोशी २४ दिनदेखि ललितपुरको किष्ट मेडिकल कलेजमा उपचाररत  थिए । उनको केहिबेर अघि  निधन भएको हो । अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यका...

उपराष्ट्रपतिबाट शताब्दी पुरुष जोशीको स्वास्थ्यलाभको कामना

काठमाडौं, १५ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा पुगेर उहाँले त्यहाँ उपचाररत् शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् । उपराष्ट्रपतिले जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारीसमेत लिएको र उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराएको […]

शताब्दी पुरुष जोशी शङ्खधर पार्कमा, तस्बिरमा हेरौं

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीले भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित शङ्खधर पार्कको विषयमा जानकारी लिएका छन् । शताब्दी पुरुष जोशीले नगर प्रमुख मदनसुन्दर श्रेष्ठसँग पार्कबारे जानकारी लिएका हुन् ।सो पार्क मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको हो । तस्बिर : रासस

क्यान्भासमा शताब्दी पुरुष

ललितपुर । शताब्दी पुरुष सत्यमोहन जोशीमाथि दुई वर्षअघि क्यानभासमा उतारिका ४ सयमध्ये ४० चित्र प्रदर्शनी सुरु भएको छ । ‘सत्यमोहन बा’ नामक प्रदर्शनी सोमबार उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संस्कृतिविद् जोशीमाथि तयार पारिएका तस्बिर, पुस्तक, पर्चा तथा चित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पु-याउन पहल गरिने बताइन् । ‘ललितपुरले जोशीजस्ता स्रष्ट पाउँदा गर्व लाग्छ,’ […] The post क्यान्भासमा शताब्दी पुरुष appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

शताब्दी पुरुष सत्यमोहन जोशीलाई राष्ट्रिय परिचयपत्र प्रदान

काठमाडौँ । शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ । मङ्गलवार गृह सचिव टेकनारायण पाण्डे जोशीकै ललितपुर, मंगलबजारस्थित निवासमा पुगेर परिचयपत्र प्रदान गरेका हुन् । कार्यक्रममा शताब्दी पुरुष जोशीले सरकारले महत्त्वपूर्ण परिचयपत्र प्रदान गरेकोमा धन्यवाद दिँदै राष्ट्रिय परिचयपत्रलाई सबै सेवा सुविधामा प्रयोग गर्न मिल्ने व्यवस्था गरी शीघ्र अनिवार्य गर्न अनुरोध गरेका छन् […]