धितोपत्र बजारका लगानीकर्तालाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन ‘क्षतिपूर्ति कोष’ सञ्चालनमा ल्याउने तयारी धितोपत्र बोर्डले गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बिहीबार धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले यस्तो बताएका हुन् ।