लुम्विनी प्रदेश सभा : पाँच महिनादेखि संसद चलेन

काठमाडौं । पछिल्लो पाँच महिनादेखि लुम्विनी प्रदेश सभाको बैठक बस्न सकेको छैन । यस अवधिमा १२ पटक बैठक आह्वान गरिए पनि प्रतिपक्षी नेकपा एमालेका कारण बैठक अवरुद्ध हुँदै आएको छ । विपक्षी दल एमालेले सूर्य चिन्हबाट चुनाव लडेका सांसद अजयबहादुर शाही र विमला वली खत्रीमाथि गरेको कारबाही सदर नगरेको भन्दै वैठक अवरुद्ध गर्दै आएको छ […]