प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंग बहादुर राणा र सत्ता गठबन्धनको एक प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार साँझ रहस्यमय भेटवार्ता भएको छ । स्रोतका अनुसार उनीहरुबीच बालुवाटारमा आधा घण्टाभन्दा बढी गोप्य वार्ता भएको थियो । प्रधानन्यायाधीश राणालाई भेट्न प्रचण्ड बुधबार साँझ प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटार पुगेका थिए ।