थपिए १० आईसीयूसहित १ सय बेड, पालिकाहरु अक्सिजनसहितका आइसोलेशन बनाउँदै

दाङ – दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा शैय्या (बेड) थपिएका छन् ।  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बेलझुण्डीमा  रहेको कोरोना विशेष अस्पतालमा यस अघि ५ वटा आईसीयू र एचडीसीयू बेड  गरी ३५ बेड थिए । यसलाई बढाएर आईसीयू दश वटा, एचडीसीयू बेड ५० वटा र सामान्य बेड ४० गरी एक सय बेड तयार पारिएको छ ।  अस्पताल व्यवस्थापन पक्षले दिएको जानकारी अनुसार  शनिबार नै जनशक्ति पनि थप्ने तयारी गरिएको छ । यस अघि ३५ वटा बेड मात्रै हुँदा बिरामीलाई अस्पतालको बरण्डामै राखेर ...