आधिकारिकता गुमाए पनि जसपाकै नामबाट महन्थ ठाकुरको कार्यक्रम

 निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता गुमाए पनि महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (जसपा)कै नामबाट प्रदेश तथा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाको घोषणा गरेको छ ।साउन २२ गतेदेखि तराई मधेसका मुख्य जिल्लाहरुमा र भदौ ९ गतेदेखि सातवटै प्रदेशमा कार्यक्रमसहित जसपाकै हैसियतामा महन्थ ठाकुर पक्षका नेताहरु जान थालेका हुन् । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपा नेपालको आधिकारिता दिँदै महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी दर्ता गराउन आदेश दिएको छ । तर महन्थ पक्षले आफूहरु जसपामै रहेको दावी ग