विगत १५ वर्षदेखि कर्णालीको मानवअधिकारका क्षेत्रमा तथ्यगत अध्ययन र रिपोर्टिङ गर्दै आएको राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय सार्ने चलखेल भइरहेको छ । जुम्लालाई केन्द्र बनाएर कर्णालीको मानवअधिकारबारे वकालत गरिरहेको आयोगलाई संघियता विपरित जुम्लाबाट प्रदेश राजधानीमा सार्ने र जुम्ला शाखाको अधिकार खुम्च्याउने चलखेल भइरहेको हो ।विगत पाँच वर्ष अघिदेखि नै जुम्लादेखि आयोगको कार्यालय सार्ने तयारी भएको भएको […]