रूसी ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने निर्णयको जी-सेभेन देशले विरोध गरेका छन् ।
विश्वका ठूला सात औद्योगिक देशको समूह (जी–सेभेन) समूहका सदस्य देशले रुबलमा भुक्तानी गर्नुपर्ने निर्णय अस्वीकार्य हुने जनाएका हुन् । जी–सेभेनमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिका रहेका छन् ।
जी सेभेन देशका ऊर्जा मन्त्रीहरुले रुसले विद्यमान सम्झौताको एकपक्षीय उल्लङ्घन गरेको निष्कर्ष निकालेका समाचार संस्था एएफपीले जनाएको छ । जर्मन अर्थमन्त्री रोबर्ट हाबेकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मागको पालना नगर्न सरोकारवाल...