भँगेरालाई दानापानी छर्न थाले अरे खाँदै जाँदा जाल भित्र पर्न थाले अरे।। चाखि हेर्दा पहिले स्वाद लाग्यो बहुत सिसिको रसले गिलास भर्न थाले अरे।। अड्कियो घाँटीमा निल्न सकस पर्यो निलौँ ओकलौँ दोधारमा पर्न थाले अरे।। खान्न भन्दा भन्दै कोच्याइ ल्याए भने निलाउनलाई जोर जबर गर्न थाले अरे।। तँछाड मछाड पहिले लाइन पालो कुरी डण्डा देख्दा […]