पैसा बचाउन स्ट्यापलरदेखि टेपसम्मको खर्च कटौती गर्दै गूगल, कति डलर जोगाउला ?

काठमाडौं । १३ खर्ब डलरभन्दा धेरैको बजार पूँजीकरण भएको अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी Google अहिले जसरी भए पनि खर्च कम गर्ने ध्याउन्नमा छ । कम्पनीले खर्च कम गर्न कर्मचारीहरूलाई दिने सेवामा कटौती गरिरहेको छ । कम्पनीले आफ्ना कर्मचारीहरूलाई पठाइएको एउटा इमेलमा गूगलका वित्त अधिकारी रुथ पोराटले हालै यस्तो बताएकी हुन् । दिगो बचत गर्ने भन्दै कम्पनीले कर्मचारीहरूलाई दिइने fitness classes, staplers, tape र laptop आदिमा कटौती गर्न लागेको छ । सन् २०२३ को लागि कम्पनीको महत्त्वपूर्ण लक्ष्य गति र कार्यकुशलता सुधारेर दिगो बचत गर्नु रहेको छ । यसका लागि सबैले मिलेर काम गरिरहेको पोराटले बताएकी छन् । यसका लागि कम्पनीले उद्देश्य र मुख्य परिणाम अर्थात् ओकेआर नै बनाएको छ । अहिले गूगल पब्लिक कम्पनी बनेयताको झन्डै दुई दशकको मितव्ययीताको युगमा छ । कम्पनीले जनवरीमै १२ हजार कर्मचारीलाई कामबाट निकालेको थियो । यो कम्पनीमा कार्यरत कर्मचारीको करीब ६ प्रतिशत थिए । कम्पनीले अन्यत्र पनि पैसा बचाउने ठाउँ छोडेको छैन । कामबाट निकालिएको कर्मचारीहरूलाई सुत्केरी भत्ता र स्वास्थ्य उपचारको पैसा पनि कम्पनीले दिएन । पछिल्लो समय कम्पनीको वृद्धिदर सुस्ताएको, आर्थिक वातावरण निकै चुनौतीपूर्ण बनेको अनि कृत्रिम बौद्धिकतामा लगानीको लागि विश्वास नै गर्न नसकिने अवसर आदिका कारण कम्पनीका लागि खर्च कटौती जरुरी भएको इमेलमा पोराटले भनेकी छन् । आफ्नो मेलमा उनले सन् २००८ लाई दुई पटक उद्धृत गरेकी छन् । विश्वव्यापी आर्थिक संकटको बेला सन् २००६ मा पनि कम्पनीले कर्मचारीहरूको मोबाइल फोनको प्रयोग कम गर्ने, क्याफे तथा माइक्रो किचन (micro kitchen) को बजेट कटौती गर्ने जस्ता अनेकौं उपायहरू अपनाएको थियो । अहिले पनि कम्पनीले त्यति बेलाको गल्तीहरूबाट पाठ सिकेर अन्यत्र पनि खर्च कटौती तीव्र पारेको छ ।  कम्पनीले कर्मचारीहरूले प्रयोग गर्ने ल्यापटप, डेस्कटप पीसी (desktop PC) र मनिटर (monitors) फेर्न बन्द गरेको छ । उपकरण कति-कति समयमा परिवर्तन गर्ने भन्ने नीति पनि फेरिएको छ । यसअघि कम्पनीले कर्मचारीहरूलाई एप्पल म्याकबूक (Apple Macbook) चलाउन दिन्थ्यो । अब भने बाह्य खर्च घटाउन बाइडिफल्ट क्रोमबुक भएको ल्यापटप अर्थात कम्पनी आफैले बनाएको ल्यापटप दिइनेछ । अफिसभित्रै भएको बेलामा मोबाइल फोनमा खर्च गर्न पाइने छैन । हजार डलरभन्दा बढीको सामान चाहिए कर्मचारीले निर्देशक वा सोभन्दा माथिको अनुमति लिनु पर्नेछ । अहिले कम्पनीहरू प्रिन्ट स्टेशनमा स्ट्याप्लर र टेप उपलब्ध गराउन बन्द गरिएको छ । अबदेखि यस्ता सामान चाहिएमा रेसेप्शनबाट मागेर लिनुपर्नेछ । कम्पनीले कर्मचारीलाई उपलब्ध गराउँदै खाएको अन्य सेवामा पनि कटौती गरेको छ । कम्पनीले उपलब्ध गराउने सेवा सुविधा, लाभ र कार्यालय सुविधामा पनि मापदन्ड कडा बनाइएको छ । कम्पनीले सोमवार र शुक्रवार Cafe बन्द गर्न सक्ने बुझिएको छ । कम्पनीले खासै धेरै प्रयोगमा नआएको सेवाहरू बन्द गर्ने भएको हो । कम्पनीले हालै मात्रै कार्यालयभित्र कर्मचारीहरूका लागि उपलब्ध गराइएको अन–साइट मसाज (On-site massage) थेरापिष्टहरूलाई समेत कामबाट निकालेको थियो । एजेन्सी

सम्बन्धित सामग्री

अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

लुम्बिनी – पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्नेमा जोड दिएका छन् । बुटवलमा आजादेखि सुरु भएको राष्ट्रिय पार्क सम्मेलनको उद्घाटन गर्दै पौडेलले यसका लागि सरकारले सबै दल र विज्ञसँग छलफल गरी फजुल खर्च कटौती गर्दै राजस्वले चालु खर्च धान्न सक्ने बजेट निर्माण गर्न सुझाव दिए। उनले कानुनको अभावमा सामुदायिक वनभित्र सञ्चालित […]

इटहरी उप-महानगरद्वारा खर्च कटौती गर्न सकुर्लर

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेसँगै इटहरी उपमहानगरपालिकाले पनि त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाएको छ।...

अर्थमन्त्री भन्छन्- फजुल खर्च कटौती गरेका हौं, विकास खर्च घटाएका छैनौं

२ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको संशोधित अनुमानबाट फजुल खर्च कटौती गर्न खोजेको बताएका छन् । मंगलबार बजेटको संशोधित अनुमानबारे राष्ट्रियसभामा जानकारी गराउँदै उनले विकास निर्माणमा हुने खर्च भने कटौती नगरेको बताएका छन् । ‘अहिले सरकारले गर्न चाहेको चालु खर्चको कटौती हो, फजुल खर्च, नगरे पनि हुने खर्च कटौती गरेका हौं’ […]

गाडीका डिलरले थाले कर्मचारी र खर्च कटौती

गाडी आपूर्ति र बिक्री वितरण गर्ने कम्पनीहरुले कर्मचारी र सञ्चालन खर्च कटौती गर्न थालेका छन् ।

बुटवलका कर्मचारीको इन्धन र मोबाइल खर्च कटौती

बुटवल उपमहानगरपालिकाका कर्मचारीहरुको इन्धन र मोबाइल खर्च कटौती गरिएको छ। आइतबार बसेको कार्यपालिका बैठकले नगरको खर्चमा मितव्ययीता अपनाउनका लागि कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय...

कर्मचारीको इन्धन र मोबाइल खर्च कटौती

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले कर्मचारीलाई दिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गरेको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले कर्मचारीहरूले लिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । उपमहानगरमा करिब ४० जना उच्च तहका कर्मचारीले यो सुविधा लिँदै आएका थिए । नगरको खर्चमा मितव्ययी हुन […]

बुटवल उपमहानगरमा कर्मचारीको इन्धन र मोबाइल खर्च कटौती

५ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकाले कर्मचारीलाई दिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गरेको छ । आइतबार बसेको नगर कार्यपालिका वैठकले कर्मचारीहरुले लिंदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । उपमहानगरमा करिब ४० जना उच्च तहका कर्मचारीले यो सुविधा लिंदै आएका थिए । नगरको खर्चमा […]

खर्च कटौती गरिने

काठमाडौँ,१३ जेठ । बाँकेको डुडुवा गाउँपालिकाले खर्च कटौती गर्ने भएको छ । गाउँपालिकाको आन्तरिक स्रोत कमजोर भएको जनाउँदै कार्यसम्पादन क्षमता कमजोर भएका करार कर्मचारीको कटौती गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले जानकारी दिए । “विभिन्न कर्मचारीमध्ये कार्यसम्पादन क्षमता कमजोर भएका केही कर्मचारीको सम्झौता अन्त्य गर्ने नीतिगत निर्णय भएको हो”, उनले भने । निर्वाचित […]

सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौँ– अर्थ मन्त्रालयले सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । अर्थतन्त्रको संकट टार्न मन्त्रालयले सरकारी कार्यालमा हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । अर्थ मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव मन्त्रिपरिषद्मा […]