३० वर्षपछि पाँच किमि सडक कालोपत्रे

स्याङ्जाको गल्याङ र चापाकोटलाई सडक सञ्जालमा जोडन २०४९ सालमा नयाँ ट्रयाक खोलिएको थियो । प्रजातन्त्र प्राप्तिपछि बनेको पहिलो सरकारको नेतृत्वमा खोलिएकोे सडकको ट्रयाक झण्डै ३० वर्षपछि कालोपत्रे गरिएको छ ।गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट विनियोजित बजेटबाट गल्याङ–चापाकोट सडकखण्डको लल्याङदेखि बारीचौरसम्मको ३० वर्षपछि करिब पाँच किलोमिटर सडक ‘अस्फाल्ड प्रविधि’ को प्रयोग […]