उपत्यकामा हैजा संक्रमित हुनेको संख्या १२ पुगेको छ । उपत्यकाका विभिन्न स्थानमा गरि १२ जनामा हैजा पुष्टी भएको स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा हैजाका बिरामीको उपचार भईरहेको छ ।गत असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा रोगको रोकथाम तथा नियन्त्रणको लागि सतर्क रहन आम नागरिकलाई आग्रह स