लगातार दुई खेलमा पराजित भएको नेपाल साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा आज (सोमबार) भारतको सामना गर्दैछ । जमसेदपुरमा नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रता जितको खोजीमा हुनेछ । तर भारतविरुद्ध नेपाललाई जित निकाल्न त्यति सहज भने छैन् । नेपाल पहिलो खेलमा भारतसँग ७–० गोल अन्तरले पराजित भएको थियो । आज नेपाललाई उत्त नतिजा उल्टाउने मौका छ । यता पहिलो भेटमा नेपाललाई सहजै हराएको भारत आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा हुनेछ ।&nbs