युक्रेनी सेनालाई गोली नहान्ने रूसी सैनिकलाई मृत्युदण्ड

युक्रेनमा रूसको आक्रमण ३२२ औँ दिनमा पनि जारी छ। रूसमा युक्रेनी सेनालाई गोली हान्न अस्वीकार गर्ने कैदीबन्दीलाई फाँसी दिइएको समाचार बाहिरिएको छ।द डेली बिस्टको रिपोर्टका अनुसार केही कैदीले युक्रेनी सेनाविरुद्ध रूसले समर्थन गरेको वाग्नर ग्रुपसँग लड्न मोर्चालाई पठाइएको बताएका छन्।तीमध्ये केहीले युक्रेनी सैनिकमाथि आक्रमण गर्न अस्वीकार गरेका छन्। त्यसपछि उनीहरूलाई पक्राउ गरी निर्जन क्षेत्रमा लगिएको थियो र नरफर्मानीको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो।रिपोर्टका अनुसार वाग्नरद्वारा भर्ती गरिएका