निषेधाज्ञा खुकुलो भएसँगै दैनिक सयौँले उपत्यका छाड्दै (तस्बिरसहित)

काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यका छाड्नेको चाप बढेको छ । सरकारले असार १ गतेदेखि निषेधाज्ञा खुकुलो गरेपछि उपत्यका छाेडेर घर फर्किनेको संख्यामा वृद्धि भएको हो । बिहीबार काठमाडौंको नयाँ बसपार्क पुग्दा उपत्यका छोड्नेको संख्या बाक्लो देखिन्थ्यो । कोरोना महामारीका कारण काठमाडौंमा बस्न गाह्रो भएपछि काठमाडौं छोड्नुपरेको कैलालीका श्याम पातलीले...