रसुवागढी र सान्जेनको आइपिओ भर्ने आज अन्तिम दिन, मागभन्दा साढे तीन गुना बढी आवेदन पर्यो :: BIZMANDU.COM

काठमाडौं। रसुवागढी र सान्जेन जलविद्युत आयोजनाले निष्कासन गरेको पहिलो चरणको आइपिओमा कर्मचारी संचयकोषका संचयकर्ताले आजसम्म मात्र आवेदन दिन पाउने

सम्बन्धित सामग्री

रसुवागढी हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने साउन ३१ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले असार १३ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्काशन गरेको हो।आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७०० कित्ताको लागि दिन सकिने छ ।  कम्पनीले आयोजना प्रभावितहरुको  ३ वर्ग कायम गरेको छ ।  जस अनुसार अति प्रभावितहरुमा गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन (साविक थुमन गा.वि.स.) र वडा नं. २ टिमुरे (साविक टिमुरे गा.वि.स.) का स्थानीय रहेका छन्। त्यस्तै प्रभावित वर्गमा प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ (साविक गोल्जुङ गाविस) र वडा नं. ५ चिलिमे (साविक चिलिमे गा.वि.स.) का साथै गोसाइकण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं. ३ बृद्धिम (साविक बृद्धिम गा.वि.स.), वडा नं. ४ लाङटाङ (साविक लाङटाङ गा.वि.स.), वडा नं. ५ स्याफ्रबेशी (साविक स्याफ्रुबेशी गा.वि.स.) र वडा नं. ६ धुन्चे (साविक धुन्चे गा.वि.स.)का स्थानीय रहेका छन् । सामान्य प्रभावितमा माथिको २ वर्गमा नपरेका बाँकी सम्पूर्ण जिल्लाबासीहरु रहेका छन्। आयोजनाबाट अति प्रभावित (गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं २ टिमुरे), प्रभावित (आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं. ३ बुद्धिम, वडा नं ४ लाङटाङ, वडा नं. ५ स्याफ्रबेशी र वडा नं. ६ धन्चे) र सामान्य प्रभावित (बाँकी सम्पूर्ण जिल्लाबासीहरु) वर्गमा पर्ने बासिन्दाहरुको लागि शेयर बाँडफाँड गर्दा सोको अनुपात क्रमशः ४.५ : १.५ : १ हुने गरी शेयर बाँडफाँड हुने छ। नेपाल धितोपत्र  बोर्डले जेठ ३१ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति दिएको थियो ।  शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेपनि आयोजना प्रभावित स्थानीयलाई पनि आईपिओ निष्काशन गरेको थिएँन । कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  कम्पनीले आगामी पुस २५ गतेदेखि आयोजना सम्पन्न गरि विद्युत उत्पादन गर्ने लक्ष्य दिएको छ ।

रसुवागढीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन - Naya Patrika

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत ५ गतेदेखि संस्थापक संगठित संस्था (नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, तथा रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह) का कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष)का...पूरा पढ्नुहोस् »