नवप्रवेशीलाई जिम्मेवारी दिन एमालेको निर्देशन

नेकपा एमालेले विभिन्न पार्टीबाट प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापन गर्न विशेष निर्देशन दिएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले उक्त निर्देशन दिएको हो । त्यसको कार्यविधि नै बनाएर देशभर पार्टी प्रवेश गरेकाहरूको विवरण दुरुस्त राख्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले एमालेप्रति जनलहर बढेको भन्दै पार्टी प्रवेशलाई निरन्तरता दिने निर्णय गरेको छ । ‘नवप्रवेशीहरुलाई केन्द्रको अनुमतिमा जिल्ला वा मातहत कमिटीमा

सम्बन्धित सामग्री

भदौ २२ गते भित्र उम्मेदवारी सिफारिस गरिसक्न एमालेको निर्देशन

काठमाडौं ।  नेकपा (एमाले)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी यही भदौ २२ गते भित्र सिफारिस गरिसक्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ । शनिबार सम्पन्न पार्टी केन्द्रिय कमिटी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी केन्द्रिय कमिटीमा रहने निर्णय पनि गरेको छ । सम्बन्धित प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीले प्रतिनिधिसभा र सम्बन्धित प्रदेशसभा […]

सबै सङ्गठनलाई ०७५ जेठ २ अघिकै अवस्थामा फर्कन एमालेको निर्देशन

काठमाण्डाै – नेकपा एमालेले सबै सङ्गठनलाई २०७५ सालको जेठ २ गते पूर्वकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ । ललितपुरमा आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले पार्टी एकताका लागि भन्दै केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै सङ्गठन र कमिटीलाई २०७५ जेठ २ गते अघिकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन आग्रह गरेको हो ।पार्टीको विवाद मिलाउन गठन भएको कार्यदलले गरेको सहमतिअनुसार नै आजको बैठकले यस्ताे निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओलीले १० बुँद...