काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरेको प्रयासको प्रशंसा गरेका छन् । प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिने क्रममा थापाले काठमाडौंका सडक फोहोरले पुरिन लागेको बेला मन्त्री झाँक्री र मेयर शाहले गरेको प्रयत्न सकारात्मक भएको बताएका हुन् । […]