मनास्लु पदमार्ग अवरुद्धले दैनिक उपभोग्य सामग्री ढुवानी हुन नसकेको उत्तरी गोरखामा नेपाली सेनाको हेलिकप्टरमार्फत चामल ढुवानी गरिएको छ । सम्भावित खाद्य संकट जोखिमको ख्याल गर्दै डेढ सय क्विन्टल खाद्यान्न ढुवानी गरिएको हो । पदमार्ग अवरुद्धले ३ सातायता उत्तरी गोरखामा स्थलमार्गबाट उपभोग्य सामग्री ढुवानी हुन सकेको छैन ।