काठमाडौं। भारतको उत्तर प्रदेश सरकारले राज्यका १० जिल्लामा रातिको समयमा कर्फ्यु लगाउने घोषणा गरेको छ। उत्तर प्रदेशमा पछिल्ला दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि राति ८ बजेदेखि विहान ७ बजेसम्म कर्फ्यु लगाउने घोषणा गरिएको हो। कर्फ्यु लागू हुने जिल्लामा लखनऊ, प्रयागराज, वाराणसी, कानपुर, गौतमबुद्ध नगर, मेरठ, गोरखपुर, झाँसी र बलिया छन्।