दाङ – कोरोना सङ्क्रमित बढेसँगै लुम्बिनी प्रदेशका कोरोना विशेष अस्पतालहरु भरिएका छन् । अस्पतालका बेड भरिएसँगै अस्पताल प्रशासन र चिकित्सकले वैकल्पिक व्यवस्थाको माग गरेका हुन् ।
लुम्बिनीका दाङ, बाँके, रुपन्देही र बर्दियामा दिनहुँ काेराेनाकाे जटिल प्रकृतिका सङ्क्रमित थपिने क्रम बढ्दाे छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीका अनुसार प्रदेशमा अहिले भेन्टिलेटरमा २१, आईसीयूमा एक सय ८१, आइसोलेशनमा सात सय ७४ जनाको उपचार भइरहेको छ ।
धेरै बिरामी यहाँ आईसीयू बेड कुरेर बसेका ...