स्पेनिस ला लिगा : रियल म्याड्रिड शीर्षस्थानमा

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियल बेटिसलाई उसैको मैदानमा १–० गोलले हराउँदै रियल म्याड्रिडले शीर्षस्थान कब्जा गरेको हो । रियलको कठिन जितमा ड्यानीयल कार्भाजल नायक बने । कार्भाजलले ६१औं मिनेटमा कप्तान करिम बेन्जेमाको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा रियलले पहिलो हाफको सुरुवातमै गोलगर्ने राम्रो मौका गुमाएको थियो । छैटौं मिनेटमा भिनिसियस जुनियरको पासमा पोस्ट नजिक पाएको उत्कृष्ट अवसरलाई बेन्जेमाले सदुपयोग गर्न सकेनन् । बेटिसले पनि पहिलो हाफमा राम्रा अ...

सम्बन्धित सामग्री

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – स्पेनिस ला लिगा टोली रियल म्याड्रिड संघर्षपूर्ण जित निकाल्दै कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो डिभिजनको क्यासेरेनोमाथि १–० को जित निकाल्दै रियलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । रियलको जितमा दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड रोड्रिगोले गरेको गोल नै निर्णायक बन्यो । कासेरेसमा मंगलबार राति भएको खेलमा घरेलु […]

ला लिगामा यो साता

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत सिजन २०२२-२३ को दोस्रो साता चार फरक दिनमा १० खेल हुँदैछ । उपाधि दावेदार रियल म्याड्रिड र बार्सिलोना दुवै घरेलु मैदानबाहिर खेल्नेछन् । यो साताको शुक्रबार दुई खेल हुनेछ । रातको ११:४५ बजे एस्पान्योल र रायो भालेकानो भिड्नेछन् । पहिलो खेलमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको भालेकानो डिएगो कोस्टा आएसँगै […]

रियल हारबाट जोगियो, बार्सिलोना विजयी

काठमाडौं  : स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड अन्तिम समयमा हारबाट जोगिँदा बार्सिलोनाले भने जित आत्मासाथ गरेको छ।आइतबार राति भएको खेलमा दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै एल्चेसँग रियल २-२ गोलको बराबरी गर्न सफल हुँदा बार्सिलोनाले भने अलाभेसलाई १-० ले पराजित गर्‍यो।शिर्ष स्थानको रियल आइतबार राति घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्थामा अन्तिम १० मिनेटमा बाँकी रहँदा खेलमा फर्किएको थियो। खेलमा ४२ औ मिनेटमा एल्चेले लुकास बोएको गोलमार्फत अग्रता बनाएको थियो। पहिलो हाफमा १-० को

स्पेनिस ला लिगा : काडिजसँग बराबरीमा रोकियो रियल

स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड रेलिगेसनको मारमा रहेको काडिजसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतवार राति भएको खेलमा रियलले काडिजसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । कोरोना संक्रमणका कारण रियल रोजाइका ६ जना खेलाडीविनै खेलेको थियो । लुका मोड्रिच, रोड्रिगो, मार्काे असेन्सियो, मार्सेलो, आन्द्रेय लुनिन र ग्यारेथ बेल काडिजविरुद्धको खेलमा अनुपस्थित थिए । खेलभर काडिजमाथि दबाब जमाएको रियलले तीन दर्जन पोस्ट् प्रहार गरेको थियो । ८२ प्रतिशत बल पोसेसन राखेको रियलले गोल गर्न भने सकेन । रक्षा...

रियल म्याड्रिड एस्पान्योलसँग पराजित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल म्याड्रिड एस्पान्योलसँग पराजित भएको छ । एस्पान्योलले घरेलु मैदानमा लिगको शीर्ष स्थानमा रहेको रियललाई पहिलो हार दिलाउने क्रममा २-१ को जित दर्ता गरेको हो । एस्पान्योलले खेलको पहिलो हाफमा नै राउल डे टोमसको गोलमा अग्रता लिएको थियो । उनले १७ औं मिनेटमा एड्रियन एम्बार्बाको पासमा […]

स्पेनिस ला लिगा : भ्यालेन्सियामाथि पूनरागमन जित निकाल्दै रियल शीर्ष स्थानमा

भ्यालेन्सियामाथि पूनरागमन जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई उसैको मैदानमा २–१ गोलले हरायो । रियलले लिगमा अपराजित यात्रा पनि कायम राखेको छ । रियलको जितमा भिनिसियस जुनियर र करिम बेन्जेमाले गोल गरे । भ्यालेन्सियाका हुगो डुरोले सुरुवाती गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा भ्यालेन्सियाले ६६औं मिनेटमा खाता खोलेको थियो । हुगो डुरोले गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । खेलको सुरुवातदेखि भ्यालेन्सियालार्य दबाबम...

स्पेनिस ला लिगा : रियल म्याड्रिड शीर्षस्थानमा

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ५–२ गोलले हरायो । खेलमा दुई पटक पछि परेको रियलले सानदानर पूनरागमन जित निकालेको हो ।रियलको जितमा करिम बेन्जेमाले ह्याट्रिक गरे । भिनिसियस जुनियर र इडुआर्डाे कामाभिङगाले एक एक गोल थपेका थिए । सेल्टा भिगोका सान्टि मिना र फ्रान्को सेर्भीको गोल सान्त्वना गोलमा परिणत भयो ।खेलमा सुरुआती अग्रता सेल्टा भिगोले लिएको थियो । चौथो मिनेटमा सान्टि मिनाले लागो आसपासको पासमा गोलगर्दै पाहुना टोलीको उत्साह जगाए । त्यसपछि रियलले २४औं मिनेटमा बराबरी गोल फर्कायो । बेन्जेमाले फेडेरिको भलभर्डेको पासमा बराबरी गोल गरेका थिए । ३१औं मिनेटमा फ्रान्को सेर्भीले गोलगर्दै सेल्टा भिगोलाई पुनः अग्रता दिलाए । रियलविरुद्ध ४१ प्रतिशत बल पोसेसन राख्न सफल सेल्टा भिगोले पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।यता ५९ प्रतिशत बल पोसेसन राखेको रियलले दोस्रो हाफको सुरुवातमै गोल फर्कायो । ४६औं मिनेटम बेन्जेमाले गोलगर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ५४औं मिनेटमा भिनिसियसले बेन्जेमाको पासमा गोलगर्दै रियललाई अगाडी बढाए ।७२औं मिनेटमा इडुआर्डाेले अर्को गोल थपे । यसै सिजन रियलमा आवद्ध भएका इडुआर्डाे डेब्यु खेलमै गोल गर्न सफल भएका हुन् । ८७औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोलगर्दै रियललाई सानदार जित दिलाए । ह्याट्रिक पूरा गरेका बेन्जेमा ‘म्यान अफ दी म्याच’ भए ।जितसँगै रियलले शीर्षस्थान कब्जा गरेको छ । रियलले चार खेलबाट १० अंक बनाएको छ । पराजित सेल्टा भिगो एक अंक सहित १८औं स्थानमा छ । रियलसँगै समान १० अंक बनाएको भ्यालेन्सिया र एट्लेटिको म्याड्रिड गोल अन्तरमा आधारमा दोस्रो स्थानमा छ ।आइतबार रातिनै भएको खेलमा साविक विजेता एट्लेटिकोले स्पान्योललाई २–१ गोलले हराएको थियो । अर्को खेलमा भ्यालेन्सियाले ओसासुनालाई ४–१ गोलले पराजित गर्यो । रियल सोसिडाडले १० खलाडीमा सिमित काडिजलाई उसैको मैदानमा २–० गोलले स्तब्ध बनायो ।

स्पेनिस ला लिगा : फातीको पुनरागमनसँगै एमबाप्पे भित्रिने चर्चा

स्पेनिस ला लिगामा दोस्रो राउन्डको खेल समाप्ति सँगै क्लबहरु तेस्रो राउन्डको तयारीमा ब्यस्त छन् । पहिलो र दोस्रो राउन्डमा बलिया क्लबहरुले नै बर्चस्व जमाए । साविक विजेता एट्लेटिको म्याड्रिड र सेभियाले शतप्रतिशत जित आत्मसाथ गरे । उपाधिको दावेदार बार्सिलोना, रियल म्याड्रिड र भ्यालेन्सियाले पनि अपराजित यात्रा कायम राखेका छन् । सेभिया र एट्लेटिको लगातार दुई जित निकाल्दै तालिकाको शीर्षस्थानमा छ । सेभिया र एट्लेटिकोको समान ६ अंक छ । तर सेभियाले गोल अन्तरका आधारमा एट्लेटिकोलाई पछि पारेको छ । एक जित र एक बराबरी नतिजा निकालेको बार्स...

स्पेनिस ला लिगा : कार्डिजमाथि सहज जित निकाल्दै म्याड्रिड शीर्षमा

काठमाडौं :   स्पेनिस ला लिगा फुटबलमा  रियल म्याड्रिड विजयी भएको छ।गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले कार्डिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो। रियल म्याड्रिडको जितमा करिम बेन्जामाले २ गोल गरेका थिए भने एक गोल अल्भारो ओड्रीओजोलाले गरेका थिए।यो सहज जितपछि रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। रियल ३२ खेलमा ७० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने एक खेल कम खेलेको एटलेटिकोको ३१ खेलमा ७० नै अंक रहेको छ।त्यस्तै ३२ खेलमा ६७ अंक रहेको सेभिया तेस्रो स्थानमा छन् भने ३० खेल

रियल म्याड्रिड बराबरीमा रोकियो, बार्सिलोनालाई फाइदा

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा  रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको  खेलमा रियल म्याड्रिड रियल सोसियडाडसँग १(१ गोलको बराबरीमा रोकिएको हो।रियल सोसियडाडका पोर्टूले खेलको ५५औ मिनेटमा शुरुवाती गोल गर्दै अग्रता लिएकोमा रियल म्याड्रिडका भिनिसियस जुनियरले खेलको ८९औ मिनेटमा गोल गर्दै रियल म्याड्रिडलाई हारबाट बचाएका थिए। ब्राजिलियन खेलाडी भिनिसियसले रियल म्याड्रिडमा आफ्नो सयौं खेल खेल्नेक्रममा क्लबलाई हारबाट बचाएका हुन्। यो बराबरीको फाइदा अंक तालिकामा बार्सिलोनालाई भएको छ।