अदालतको समस्या समाधान गर्न अग्रगमनकारी शक्ति अग्रसर हुनुपर्छ : मातृका यादव

नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले न्यायालयमा देखिएको समस्या समाधानमा अग्रगमनकारी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।‘प्रतिगमनकारीहरु सक्रिय रहेकोले यसको समाधानमा अग्रगमनकारी शक्तिहरूले अब तत्काल पहल लिनुपर्छ । जति विलम्ब हुन्छ, त्यति नै घातक हुन्छ’, नेता यादवले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘स्मरण रहोस् जनता सबैभन्दा सर्वश्रेष्ठ न्यायकर्ता हुन् । हामी सबै अग्निपरीक्षामा छौं । त्यसैले व्यक्तिहरूको स्वार्थभन्दा देशको हितमा के हुन्छ त्यही गर्नु