रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् ।आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन नियमानुसार भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ लैजाने कार्य अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो ।आयात भएका कारमा पाँच जनासम्मको यात्रा सहज हुने बताइएको छ ।

सम्बन्धित सामग्री

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्यो

काठमाडौं, (नेस) । रसुवागढी नाका हुँदै नेपाल आयात गरिने सवारी साधनको संख्या बढेको छ । चालू आर्थिक वर्षमा सो नाका हुँदै ट्रक डम्फर ३५, मिनी बस ६, माइक्रो बस १६, कंक्रिट मिक्सरलरी ३, डेलिभरी भ्यान २, ठूलोक्रेन १, विद्युतीय कार ४, ट्रेलर ५८, विद्युतीय मोटर १६, विद्युतीय स्कुटर ४, ट्रक ६ र साइकल ३६ आयात […]