कोल्हवी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

वीरगञ्ज- बाराको कोल्हवी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुखमा कांग्रेसका रामप्रसाद चौधरी ९ हजार १०५ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नगरपालिकाका निवर्तमान प्रमुख एवम् नेकपा एमालेका भरत बहादुर भण्डारीले ८ हजार ३०७ मत प्राप्त गरे। उपप्रमुखमा पनि कांग्रेसकै लक्ष्मी कुमारी चौधरी ९ हजार ८८ मतका साथ विजयी […]