गाडी सुविधा नलिने, तलबभत्ता सामाजिक काममा खर्चिने कालाखेतीको घोषणा

सत्ता गठबन्धन दलको समर्थनमा नेपाली काँग्रेसका तर्फबाट मनहरी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रञ्जन कालाखेतीले आफू गाउँपालिकाका अध्यक्ष निर्वाचित भएमा सरकारी गाडी सुविधा नलिने घोषणा गरेका छन् ।शुक्रबार पत्रकारहरुसँगको भेटका क्रममा अध्यक्षका उम्मेदवार कालाखेतीले राजनीति सेवा भएकाले गाउँबासीहरुले सहज स्वास्थ्य सेवा तथा एम्बुलेन्स सेवा पाउनसमेत सकस परिरहेको अवस्थामा आफूले नैतिकताका आधारमा सरकारी गाडी त्याग्ने निर्णय गरेको बताए । उनले पालिका अध्यक्ष निर्वाचित भएमा सरकारी तलब भत्ता लिएर सामाजिक काम