लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको गाईजात्रा महोत्सव, तस्वीरहरु

काठमाडौं : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले शुक्रबार गाईजात्रा महोत्सव मनाएका छन्।काठमाडौंको ठमेलबाट सुरु भएको गौरवको यात्रा (प्राइड परेड) टुँडिखेलमा पुगेर कन्सर्टमा परिणत भएको थियो। कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए।सन् २००३ देखि हरेक वर्ष मनाउने गरिएको गाईजात्रा महोत्सव गत वर्ष कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट मनाइएको थियो।घर परिवारमा खुल्न नसकेका समुदायका व्यक्तिले गाईजात्रा महोत्सवलाई खुलेर आउने पर्वको रूपमा समेत लिने गरेका छन्।