चिया मजदुर आन्दोलित

सरकारले ०७५ साउन १ देखि चिया बगान तथा कारखानामा कार्यरत श्रमिकका लागि न्यूनतम ज्याला तोकेको थियो । सरकारले तोके बमोजिमको ज्याला ९ महिना बितिसक्दा पनि नपाएपछि चिया मजदुर आन्दोलित भएका छन् । चिया बगानमा कार्यरत श्रमिकले न्यूनतम आधारभूत पारिश्रमिक दैनिक २ सय ३१ रुपैयाँ, महँगी भत्ता १ सय ५४ गरी जम्मा ३ सय ८५ पाउनुपर्ने हो ।