विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि, २०८० को मस्यौदा तयार गरी राय-सुझाव मागेको छ । विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै उक्त प्रणालीमा समावेश हुनसक्ने गरी तयार भएको मस्यदौलाई आयोगले आज वेबसाइटमा समावेश गरी सुझाव दिन आग्रह गरेको हो । मस्यौदामा आयोगले …