प्युर इभी इलेक्ट्रिक स्कूटरको आधिकारीक बिक्रेता ह्वाइट लोटस मोटर्सले द ग्रिन माइल र्याली सम्पन्न गरेको छ ।
दैनिक यात्राको लागि वातावरण मैत्री विकल्प रोजौ भन्ने नारा बोकेर यो कार्यक्रम शनिवार सम्पन्न भएको हो ।
र्याली बिहान १०ः०० बजे प्युर इभीको नक्साल शोरुम देखि शुरु भई धुलिखेलको धुलिखेल लज रिर्सोटमा अन्त्य भएको थियो ।
पहिलो पटक भएको कम्पनिको यस र्यालीमा ५० भन्दा बढी इलेक्ट्रीक स्कुटर चालकहरुको सहभागिता रहेको थियो ।