काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महाशिवरात्रिको अवसरमा पोखराको लेकसाइडमा शिविर सञ्चालन गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले पोखरा महानगरपालिका–६ मा अवस्थित केदारेश्वर महादेव मन्दिरमा शिविर सञ्चालन गरेको हो । केदारेश्वर मन्दिरमा आउने भक्तजनहरुलाई दर्शन गर्न सहज होस् भन्ने उदेश्यका साथ शिविर सञ्चालन गरिएको लेकसाइड शाखाका शाखा प्रबन्धक नवराज भण्डारीले जानकारी दिए । […]