नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एक साता पर धकेलिएको छ । सभापति शेरबहादुर देउवाले चुनावको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही शुक्रबारदेखि बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए । तर प्रतिनिधिसभाको अधिवेशन पुस २५ देखि प्रारम्भ हुने भएपछि सभापति देउवाले पार्टीको बैठकलाई संसदको अधिवेशनभन्दा पछि सारेका हुन् ।