काठमाडौँ- काठमाडौँ उपत्यकामा शुक्रबार थप ८९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ जना कोरोना संक्रमित थपिएका हुन्। देशभर पछिल्लो चौबीस घन्टामा थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ जना संक्रमितको मृत्यु भएको छ। शुक्रबार २ हजार २४४ जना संक्रमणमुक्त भएका छन्। […]