रौतहटको रङ्गपुर स्वास्थ्यचौकीकाे प्रसूतिगृह सञ्चालनमा नआउँदा महिलालाई सास्ती

रौतहट - रौतहटको रङ्गपुर स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रसूति गृह झन्डै ४ वर्ष भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानीय समस्यामा परेका छन् । गुजरा नगरपालिका वडा नम्बर २ को कटाँनी टोलमा रहेको प्रसूति गृह घर छेउमै बनेको भए पनि सञ्चालन हुन नसक्दा महिलाहरु सुत्केरी गराउन अन्यत्र जानुपर्ने बाध्यता छ । सामुदायिक विकास कार्यक्रम (सीडीपी) सहित नगरपालिका र स्थानीयको गरी झन्डै ४१ लाख रुपैयाँ लगानीमा २०७५ सालमै प्रसूतिगृहको निर्माण सकिएको हो । तर अझै सञ्चालन नहुँदा त्यहाँका महिलाहरु सुत्केरी गराउन चन्द्र...