अघिल्लो वर्षको तुलनामा गत वर्ष लघु, घरेलु तथा साना उद्योगमा लगानी प्रतिबद्धता ११.२८ प्रतिशतले घटेको छ । उक्त अवधिमा उद्योग दर्ता गर्नेको संख्यासमेत २१.९६ प्रतिशतले घटेको उद्योग विभागको तथ्यांक छ । यससँगै देशभर हालसम्म लुघ, घरेलु तथा साना उद्योगको संख्या ५ लाख ८७ हजार ८ सय २ पुगेको छ ।