गत भदौदेखि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिव छन् । २०४६ सालमा निजामती सेवामा प्रवेश गरेका डा. वैकुण्ठ अर्यालसँग हुलाक सेवादेखि १० वर्ष राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालय हुँदै संघीयतापछि गठन गरिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसम्म काम गरेको अनुभव छ । २०७४ पुसमा प्रकृतिक स्रोत तथा बित्त आयोगमा पहिलो कायममुकाम सचिव भएका उनीसँग संघीय अर्थतन्त्र र यसमा भएको अभ्यासबारे पनि राम्रो अनुभव छ ।