उद्योगी व्यवसायीले बैंकले बढाएको ब्याज नघटाए उद्योगको चावी बैंकलाई बुझाउने चेतावनी दिएका छन् । तिलोत्तमा उद्योग व्यापार संगठनले आयोजना गरेको दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटन कार्यक्रममा बिहीबार बोल्दै उनीहरुले बैंकको ब्याज नघटाए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने बताए । आन्दोलन अघि उद्योगको चावी बैंकहरुलाई बुझाउने उनीहरुको भनाइ छ ।तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्योगीले उठाएका जायज मागलाई सरकारले समन्वय गरेर समाधान गर्